माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो



काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । सञ्चालक समितिको हिजो बसेको बैंठकले डा. उपेन्द्र महतोलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष डा. वीरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्रलाई नयाँ अध्यक्षमा चयन गरिएको हो ।

बैंकका निर्वतमान अध्यक्ष महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनले बैंकको अध्यक्षबाट राजिनामा दिएका हुन् । उनी जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भई सिरहा–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलवार १४:०२