यस्तो छ राष्ट्रिय सहकारी बैंकको निर्वाचन तालिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्तो छ राष्ट्रिय सहकारी बैंकको निर्वाचन तालिका



काठमाडाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गर्दैछ । पुष १६ गते एकाई सभा र १८ गते एकाई प्रतिनिधिको केन्द्रीय साधारण सभा हुने निर्णय शुक्रबार बसेको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकले गरेको थियो ।

सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गर्ने भएको हुँदा निर्वाचन उपसमितिले निर्वाचन कार्यक्रम तालिका प्रकाशन गरेको छ । निर्वाचन समितिले प्रकाशन गरेको कार्यक्रम तालिका अनुसार पुष ५ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दावी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरणको कार्यक्रम रहेको छ ।

त्यस्तै पुष ६ गते उम्मेदवारको दरखास्त दर्ता, उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचि उपरको दावी विरोध, दरखास्त एवं दावी विरोधको छानविन, उम्मेदवारी उपर परेको उजुरीको निर्णय तथा नामावली प्रकाशन रहेको छ ।

त्यसैगरी पुष ७ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने र अन्तिम उम्मेदवारी सूचि प्रकाशन रहेको छ । पुष १६ गते निर्वाचन उपसमितिका तर्फबाट मतदान प्रक्रियाको जानकारी र मतदान कार्यक्रम तय भएको छ ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलवार १४:१५