लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्बन्धी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्बन्धी सम्झौता



काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी सम्झौता भएको छ ।

उक्त समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा लक्ष्मी क्यापिटलका सीईओ सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पुर्याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताउँदै अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

 

 

संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरीसकेको छ । यस कम्पनीले सौर्य उर्जासंगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यकासाथ हालसम्म ७,८४२,७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेकोे छ ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलवार १५:१६