मुस्ताङमा प्रभू बैंकको आँखा शिविर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुस्ताङमा प्रभू बैंकको आँखा शिविर



काठमाडाै २० पुस । १२ वर्षे मेला ल्ह्फेवको अवसरमा प्रभु बैंक लिमिटेडले तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा मुस्ताङको कोबाङ्गमा ३ दिने(पुस १५,१६ र १७) निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

शिविरमा १५० जनाले आँखा जाँच तथा आँखा रोगको बिषयमा परामर्श सेवा प्राप्त गरेका बैंकले जनाएको छ ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत यस्तै सामाजिक काममा देशका विभिन्न क्षेत्रमा गराउने उद्देश्य बोकेको बताइएको छ ।

प्रकाशित : २० पुष २०७३, बुधबार १६:०३