नेप्से परिसूचक ३.५१ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

नेप्से परिसूचक ३.५१ अंकले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले ओरालो लागेको छ । आज नेप्से ३.५१ अंकले घटेर एक हजार ९ सय ४९ दशमलब ८५ विन्दुमा झरेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.८५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक घटेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ८४ करोड २६ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका २३८ कम्पनीमध्ये ६४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा ग्रीन लाइफ हाइड्रो पावर कम्पनीको शेयरमूल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता २५ रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ३६९ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४ करोड ७९ लाख ३४ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार १५:३२