आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सले आधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।

डिपोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने सम्झौता भएपछि आदर्श लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृयामा रही शेयर कारोबार रोक्का रहेको लघुवित्तको शेयर कारोबार फुकुवा भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार १७:४५