चालुपुँजी कर्जा मार्गदर्शनमा छलफल गर्न राष्ट्र बैंक तयार छ : गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

चालुपुँजी कर्जा मार्गदर्शनमा छलफल गर्न राष्ट्र बैंक तयार छ : गभर्नर अधिकारी



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधार देखिन थालेको बताएका छन्। दक्षिण एसियामा भारतपछि नेपालको अर्थतन्त्र सुधारको अवस्थामा रहेको गभर्नर अधिकारीले जानकारी गराए।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले चुनौतीका बाबजुद सरकार र केन्द्रीय बैंकले लिएका पछिल्ला नीतिले नेपालको अर्थतन्त्रस्थिर रहेको बताए।

एक वर्षका अवधिमा बाह्य क्षेत्रमा समस्या आए पनि अर्थतन्त्रलाई ‘बाउन्स ब्याक’ गर्न सफल भएको गभर्नर अधिकारीले दाबी गरे। विश्वका विकशित अर्थतन्त्रहरु अझै पनि दबाब रहेको उनले बताए। कोभिड महामारीबाट उठ्न लागेका अर्थतन्त्र रुस र युक्रेन युद्धले झनै समस्यामा पारेको उनले बताए।

कोभिडमा दिएको सेवा सुविधाको असर अहिले पर्दै गएको उनले बताए। कोभिड महामारीबाट अर्थतन्त्रमा राम्रो रिकोभरी भइराख्दा रुस–युक्रेन युद्धले विश्वभरी नै मुद्रास्फिती बढाएको छ।

विकशित अर्थतन्त्रलाई ठूलो मूल्यवृद्धिमा चापमा परेको उनले सुनाए। नेपालमा मूल्यवृद्धि साढे ८ प्रतिशतमा रहेको उनले सुनाए। बाह्य क्षेत्रबाट प्रभावित २.३४ अर्ब डलर विदेशी मुद्रा गुमाएको उनले बताए।

सरकारले केही उपायहरु अपनायो र राष्ट्र बैंकले केही नीतिगत निर्णय लिँदा अहिले शोधानान्तर अवस्था सकरात्मक हुनु पुगेको गभर्नर अधिकारीको भनाइ छ। शोधानान्तर बचतमा १ खर्ब रुपैयाँ सुधार भएको छ। चालुपुँजी मार्गदर्शनमा निजि क्षेत्रको अशन्तुष्टी रहेको देखिएकोले यसबारे थप छलफल गर्न सकिने बताएका हुन् । यद्यपि उनले यो मार्गदर्शन पर्याप्त छलफल गरेर नै लागु गरेको बताए । २०७८ पुस १५ गते मस्यौदा सार्वजनिक गरेको, २०७९ भदौमा जारी गरेको २०७९ कार्तिक १ गतेदेखि लागु गरिएको उनले बताए । यस अवधिमा आवश्यकता अनुसार संशोधन गरिएको पनि उनले बताए ।

साथै यसको कार्यन्वयनमा केहि समस्या भए बैंकहरुसँग ति कठिनाईहरु पनि माग गरिएको उनले बताए । यस मार्गदर्शनको मुख्य उदेश्य भनेको नै ऋणको सहि ठाउँमा सदुपयोग होस् भन्ने नै रहेको उनले बताए । उनले बैंक पनि अनुशासनमा बस्नु पर्ने र ऋणीले पनि जे प्रयोजनको लागि भनेर ऋण लिएको हो , सोहि ठाउँमा नै प्रयोग गरोस् भन्ने नै मार्गदर्शनको उदेश्य रहेको उनले बताए ।

उनले बढेको ब्याजदर बजारले नै करेक्सन गर्ने उनले बताए । त्यस्तै उनले अर्थतन्त्र सुधारोन्मुख भएको बताए । उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए ।

प्रकाशित : १५ मंसिर २०७९, बिहीबार १२:५४