साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो बजार, कारोबार रकममा पनि बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो बजार, कारोबार रकममा पनि बृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से ११.२२ अंकले बढेर एक हजार ९ सय ६१ दशमलब ०६ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक बढेको छ।

आज शेयर बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २४१ कम्पनीहरुमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेमा आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९२.६० रुपैयाँ पुगेको छ । त्यस्तै स्वत्तगंगाको शेयरमूल्य पनि ९.२१ अंकले बढेर प्रतिकित्ता २६४.३० रुपैयाँ पुगेको छ ।

आज सिटिजन्स मयुचुअल फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १४ करोड ४५ लाख ५६ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १५ मंसिर २०७९, बिहीबार १५:३४