प्रिमियर र प्रभु इन्सुरेन्सको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रिमियर र प्रभु इन्सुरेन्सको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले बिहीबार यी दुवै कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो।

प्रिमियर इन्सुरेन्स र सिद्धार्थ इन्सुरेन्सबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले शेयर कारोबार रोक्का राखेको थियो ।

आगामी आइतबारदेखि प्रिमियर इन्सुरेन्स र प्रभु इन्सुरेन्सको शेयर कारोबार खुला हुनेछ । सिद्धार्थ इन्सुरेन्सको शेयर कारोबार यसअघिनै फुकुवा भइसकेको छ ।

 

 

प्रकाशित : १५ मंसिर २०७९, बिहीबार १६:१८