बागमती प्रदेशमा ७० अंकमा ट्रायल पास हुने व्यवस्था लागु, यस्तो छ नयाँ व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बागमती प्रदेशमा ७० अंकमा ट्रायल पास हुने व्यवस्था लागु, यस्तो छ नयाँ व्यवस्था



काठमाडौं । बागमती प्रदेशमा सवारी लाइसेन्स ट्रायलमा ७० अंक आए पास हुने व्यवस्था लागु भएको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले अंक प्रणाली कार्यान्वयन गर्ने परिपत्र जारी गर्दै सवारी अनुमति पत्र सम्बन्धी नयाँ कार्यविधि लागु गरेको हो ।

निर्देशिका जारी भएको झन्डै दुई बर्षपछि लाइसेन्समा अंक प्रणाली लागु भएको हो । योसँगै अब बागमती प्रदेशका सबै यातायात कार्यालयमा सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा सामान्य गल्तीले फेल हुने छैनन्। हाल ट्रायलमा १०० मा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था रहेको छ। जसले अधिकांश सामान्य गल्तीले फेल हुने गरेका थिए।

कार्यविधिको अनुसूची ७ मा परीक्षाका क्रममा कुनै तोकिएको अवस्थामा अनुत्तीर्ण घोषणा गरिएको अवस्थामा बाहेक न्यूनतम ७० अंक प्राप्त गर्नुपर्नेछ।

प्रकाशित : १५ मंसिर २०७९, बिहीबार १७:१५