सानिमा बैंकको साधारण सभा पुस ३ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा बैंकको साधारण सभा पुस ३ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । सानिमा बैंकले पुस ३ गते साधारण सभा गर्ने भएको छ । सभा आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशट नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

त्यस्तै , अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि सानिमाले सोमबार मंसिर १९ गते बुक क्लोज हुने भएको छ । तसर्थ, मंसिर आइतबार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार १०:५८