अरुण भ्याली हाइड्रोको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अरुण भ्याली हाइड्रोको लाभांश घोषणा



काठमाडौं । अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा र सञ्चितीबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आ.व. २०७८/७९ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्ता पूँजी रु. एक अर्ब ७२ कराेड ९५ लाख ९५ हजारको ८ प्रतिशत बोनश र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ ।

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृती र कम्पनीको २५औं वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात् लगानीकर्तामा बितरण हुनेछ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार १३:००