देवः विकास बैंकको हकप्रद निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देवः विकास बैंकको हकप्रद निष्काशन



काठमाडौं, २१ पुस  । देवः विकास बैंकले २ बराबर १ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ४४ लाख ५ हजार ४४० कित्ता शेयर निष्काशन गरेको हो ।

बैंकको शेयरमा लगानीकर्ताले माघ ९ देखि आवेदन दिन पाउने भएका छन् । बैंकले हकप्रद प्रयोजनका लागि पुस १८ देखि २९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । पुस १७ सम्म यो बैंकको शेयर खरिद गरेका लगानीकर्ताले बैंकको हकप्रदमा आवेदन दिन पाउने भएका छन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयर एनआईबीएल क्यापिटल लिमिटेड, लाजिम्पाट, देव विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय पोखरा, विराटनगर र विरगञ्ज तथा गुडविल फाइनान्सको नेपालगञ्ज र इटहरी शाखाबाट पनि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : २१ पुष २०७३, बिहीबार ०६:५२