जगदम्बा सिमेन्ट ‘उत्कृष्ट उद्योग २०७३’ बाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जगदम्बा सिमेन्ट ‘उत्कृष्ट उद्योग २०७३’ बाट सम्मानित



काठमाडौं, २१  पुस  । जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. भैरहवाले रुपन्देही उद्योग संघबाट ‘उत्कृष्ट उद्योग– २०७३’ सम्मान प्राप्त गरेको छ ।

गुणस्तरप्रतिको आफ्नो लगावकै कारण जगदम्बा सिमेन्ट अन्र्तगतको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि. ले नेपाल सरकारको नेपाल गुणस्तर तथा नापतौल विभागबाट लगातार २ पटकसम्म सम्मानित भैसकेको छ ।

जगदम्बा सिमेन्टले आफ्ना दुवै उद्योग (जगदम्बा सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.) मार्फत नेपालमा पाइने सबै प्रकारका सिमेन्टहरु ओपीसी, पीपीसी र पीएससी उत्पादन एवम् त्यसको बिक्री वितरण गर्दै आएको छ ।

आम उपभोक्ताको गुणस्तरप्रतिको सजगतालाई मनन गर्दै उत्पादनदेखि उपभोगसम्मका हरेक चरणहरुमा गुणस्तरलाई केन्द्रबिन्दुमा राखी आफ्ना उत्पादन तथा सेवालाई गुणस्तरीय बनाउँदै उपभोक्तालाई विशिष्ट सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २१ पुष २०७३, बिहीबार ०७:२५