लाभांश पारित गर्न बैंकिङ फाइनान्स एन्ड इन्सुरेन्सले बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

लाभांश पारित गर्न बैंकिङ फाइनान्स एन्ड इन्सुरेन्सले बोलायो साधारण सभा



काठमाडौं । बैंकिङ फाइनान्स एन्ड इन्सुरेन्स इनष्टिच्युट अफ नेपालले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजेबाट बस्ने निर्णय गरेको हो ।

सभामा १४.७० प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । जसअनुसार कम्पनीले ७२ लाख ७६ हजार ५०० रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने अर्को पनि प्रस्ताव हुनेछ ।

प्रकाशित : १८ मंसिर २०७९, आईतवार १३:४५