राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवाली बर्खास्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवाली बर्खास्त



काठमाडौं, २१ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदमुक्त गरेको छ । पुनर्निर्माणमा ज्ञवालीको काम चित्तबुझ्दो नभएको र सरकारलाई नै असहयोग गर्दे आएको भन्दै सरकारले दुई पटक स्पष्टीकरण सोधेको थियो । पछिल्लो पटक सोधिएको स्पष्टीकरणमा ज्ञवालीले हिजो १२ पृष्ठ लामो स्पष्टीकरण बुझाएका थिए ।

स्पष्टीकरण बुझाएको भोलिपल्ट आज बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो । तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकारले नियुक्त गरेका डा. गोविन्द पोख्रेललाई हटाएर केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।

प्रकाशित : २१ पुष २०७३, बिहीबार ०७:३२