काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेको आइतबारको निर्णयबाट अजोड इन्स्योरेन्स र रिडी पावरको शेयर कारोबार फुकुवा गरेको हो।
प्रभु इन्स्योरेन्ससँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेसँगै अजोड इन्स्योरेन्सको शेयर नेप्सेले गत साउन १ गतेदेखि रोक्का राखेको थियो। सोही शेयर नेप्सेले फुकुवा गरेको हो।
यता, कारोबार समयमा सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरी कारोबार समयपछि सूचना पठाएको भन्दै नेप्सेले गत मंसिर ७ गते रिडी पावरमाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पठाउन निर्देशन दिएको थियो।
रिडी पावरले आज मंसिर १८ गते पत्र पठाउँदै अबदेखि यस्तो कमी–कमजोरी नगर्ने प्रतिबद्धता जनाएपछि सचेत गराउँदै कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।
Comment