विकूको ४ लाख बराबरको दिर्घकालिन छात्रबृत्ति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विकूको ४ लाख बराबरको दिर्घकालिन छात्रबृत्ति



परासी । विकू बचत तथा ऋण सहकारी सस्थाले ३० जना गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।

शनिवार एक कार्यक्रमको बीच विकूको वार्षिक छात्रबृत्ति बितरण कार्यक्रम अन्तर्गत शैक्षिक सत्रको सुरुवातमै विकूुले करिब ४ लाख बराबरको छात्रबृत्ति प्रदान गरेको हो । संस्थाले साविक गैडाकोट, मुकुन्दपसर, अमरापुरी र कावासोति, शिवमन्दिर क्षेत्रका सेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै स्थानिय विकास अधिकारी लालकृष्ण पौडेलले यस्ता किसिमका छात्रबृत्तिले बिधार्थीको पढाईमा सहजता थपिने भन्दै समाज विकास र रुपान्तरणमा बिकुले पुर्याएको योगदानको प्रशसां गरे ।

विकुका सस्थापक अध्यक्ष खेमराज सापकोटाले सहकारीका माध्यमद्धारा देशलाई आत्मनिर्भर बनाउनतर्फ सबैले जोड दिनुपर्ने बताए । छात्रबृत्ति पाउने विद्यार्थीहरुको तर्फबाट लक्ष्मी उच्च मावि कक्षा ९ मा अध्ययनरत दिवस पौडेलले विकले प्रदान गरेको छात्रबृत्ति एस.एल.सि बाट बढाएर उच्च माध्ययमिक तहसम्म पुर्याउनका लागि आग्रह गरे । कार्यक्रमको समापन गर्र्दै सस्थाका अध्यक्ष हरिलाल सापकोटाले सहकारीका ७ सिद्धान्त अनुसार सस्था अगाडी वढेकाले नै सस्थाले आफ्नो छवि उचो राख्न सफल भएको बताए ।

प्रकाशित : ३० बैशाख २०७२, बुधबार १०:३७