मुक्तिनाथ विकास बैंकका ग्राहकले द डालो रेष्ट्रोमा छुट विशेष पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकका ग्राहकले द डालो रेष्ट्रोमा छुट विशेष पाउने



काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बसुन्धराको द डालो रेष्ट्रोमा छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई सेवा तथा सुविधा दिने उद्देश्यले यस्तो छुट सम्झौता गरेको जनाएको छ ।

बैंकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बसुन्धराको “द डालो रेष्ट्रो” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको “द डालो रेष्ट्रो” मा फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार १४:२६