सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकलाई किन्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकलाई किन्ने



काठमाडौँ २१ पुस  । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकलाई किन्ने भएको छ । सांग्रिलाले कसमस डेभलपमेण्टलाई एक्वायर गरे लगत्तै नेपाल कम्युनिटी डेभ्लपमेन्ट बैंकलाई पनि किन्ने सम्झौता गरेको हो । सांग्रिलाले बुटवलमा मुख्य कार्यालय रहेको कम्युनिटी र गोरखा जिल्ला कार्य क्षेत्र भएको कसमसलाई आफुमा मिलाउन लागेको हो ।

सांग्रिलासँगको सम्झौतापछि बुधबारदेखि कसमसको र बिहीबारदेखि नेपाल कम्युनिटीको सेयर कारोबार रोकिएको छ ।हाल साङ्ग्रिलाको चुक्ता पूँजी एक अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बैंकले गतबर्षको मुनाफाबाट १६ दशमलव शुन्य ७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस समेत गर्दा बैंकको पूँजी एक अर्ब २४ करोड रुपैयाँ पुग्ने छ ।

तीन जिल्ले कार्य क्षेत्र भएको कम्युनिटीको चुक्ता पूँजी २० करोड ९५ लाख रुपैयाँ रहेको छ ।९ करोड ९९ लाख रुपैयाँ चुक्तापूँजी भएको कसमसले गत आर्थिक बर्षको बोनस वितरण गर्न बाँकी नै रहेको छ ।दुबै बिकास बैंकलाई एक्वायर गरेपछि साङ्ग्रिला डेभलपमेण्ट बैंकको पूँजी एक अर्ब ५३ करोड रुपैयाँ नाघ्ने छ ।

प्रकाशित : २१ पुष २०७३, बिहीबार १०:०२