दुई लघुवित्तको लाभांश घोषणा, कुनले कति दिदैछन् बोनस ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई लघुवित्तको लाभांश घोषणा, कुनले कति दिदैछन् बोनस ?



काठमाडौं । मंगलबार दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । आज आरएमडीसी लघुवित्त र साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश दिने घोषणा गरेका हुन् ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै सानाकिसान लघुवित्त वित्तीय संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसले अघिल्लो वर्ष भने २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साना किसान हाल आरएमडीसी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।

दुबै लघुवित्तको प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनिलाई वितरण हुनेछ ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार ११:२२