ग्रीन भेन्चर्सको खुद नाफा १९ करोड ४५ लाख, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रीन भेन्चर्सको खुद नाफा १९ करोड ४५ लाख, अन्य सूचक कस्तो ?



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

गत वर्ष यही अवधिमा कम्पनीलाई ५३ लाख ७१ हजार रुपैयाँ घाटा भएको थियो। यस अवधि सम्म आइपुग्दा कम्पनीले विद्युत बिक्रीबाट ५२ करोड ५२ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गरेको थिएन।

चुक्तापुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ८ करोड ३१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ २० करोड ८७ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६.२३ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा प्रतिशेयर आम्दानी ०.२१ रुपैयाँले ऋणात्मक थियो।यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०२.६६ रुपैयाँ रहेको छ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार ११:४४