निर्जीवन बीमा कम्पनीले बीमा शुल्क वापत १३ अर्ब ३५ करोड उठाए , कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

निर्जीवन बीमा कम्पनीले बीमा शुल्क वापत १३ अर्ब ३५ करोड उठाए , कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण अनुसार चालु आवको कात्तिक मसान्तसम्म १३ कम्पनीहरुले ९ लाख १९ हजार १३८ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा बीमा कम्पनीहरुको बीमा कुल बीमा शुल्क ६.१६ प्रतिशतले बढेको छ । गत आवको कात्तिक मसान्तसम्म कम्पनीहरुले १२ अर्ब ५८ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

कात्तिक महिनामा कम्पनीहरुले २ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २ लाख २९ हजार ६७० बीमालेख बिक्री गरेका छन् ।

प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्म सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन राष्ट्रिय बीमा कम्पनीले गरेको छ । कम्पनीले यस अवधिमा एक अर्ब ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी चार महिनाको अवधिमा दोस्रो स्थिानमा रहेको शिखर इन्स्योरेन्सले एक अर्ब २७ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी यस अवधिमा सगरमाथा इन्स्योरेन्स कम्पनीले एक अर्ब ६ करोड ८७ लाख रुपैयाँ, नेको इन्स्योेरेन्स कम्पनीले एक अर्ब ४ करोड २६ लाख रुपैयाँ, सिद्धार्थ इस्योरेन्सले ९४ करोड ५५ लाख रुपैयाँ र हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले ९० करोड ९६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार एनएलजी इन्स्योरेन्सले ७८ करोड ७ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्यारेन्सको ६६ करोड ५५ लाख, आईएमई जनरल इन्स्यारेन्सको ६१ करोड १८ लाख, अजोड इन्स्योरेन्सले ६० करोड ६८ लाखर नेपाल इस्योरेन्स कम्पनीले ५५ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्सले ५० करोड २९ लाख, नेशनल इन्स्यारेन्सको ३७ करोड १६ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ४१ करोड १७ लाख, प्रिमियर इन्स्योरेन्सको ६९ करोड ४६ लाख, प्रभु इन्स्योरेन्सको ४८ करोड ९२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सको ४३ करोड ८७ लाख, सानिमा जीआइसी इन्स्योरेन्सको ११ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, सानिमा जनरल इन्स्यारेन्स कम्पनीले ३० करोड १९ लाख र जनरल इन्स्यारेन्स कम्पनीले २६ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार १५:०९