अटो व्यवसायीको आन्दोलन देशव्यापी बन्दै ,शोरूममा देखिन थाले कालो ब्यानर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

अटो व्यवसायीको आन्दोलन देशव्यापी बन्दै ,शोरूममा देखिन थाले कालो ब्यानर



काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले घोषणा गरेको चरणबद्ध आन्दोलनका कार्यक्रमलाई तिब्रता दिएको छ । सरकारले गत वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको र बैंकहरुले ब्याजदर बढाएको विरोधमा अटो व्यवसायीहरुले अन्दोलनमा केन्द्रीत भएका हुन ।

अटो व्यवसायीले आफ्नो शोरुमहरुमा नारा टाँसेर विरोध जनाएका छन्। यसअघि आफ्नो सामाजिक सञ्जालमा प्रोफाइल पिक्चर तथा वालमा नाराहरु राखेर उनीहरूले अन्दोलन गरेका थिए।

अटोमोबाइलका शोरुम तथा केही गाडीको अगाडि र पछाडि आयात प्रतिबन्ध खोल, गरी खान देऊ, सतप्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, देशमा सरकार छ तरु, मौद्रिक नीति परिमार्जन गर, गरिखान देउलगायतका नारा लेखिएका ब्यानर टाँसेर अन्दोलनलाई निरन्तरता दिएका छन्।

यसैगरी जसले कर तिरेको छ उसैलाई पेल्ने र हेप्ने, जनताले सबै नियमर कानुन मान्नु पर्ने सरकारी निकायले कहिले जवाफदेही हुनु नपर्ने, ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, ब्याजदर नियन्त्रण गर लगायतका मागहरु राखेर आन्दोलन गरिरहेका छन्।

प्रतिबन्धका कारण हालसम्म ५६ वटाभन्दा बढी शोरुम बन्द भएका छन् भने सयौंको रोजगारी गुमेको छ। यसरी लामो समयदेखिको आयात प्रतिबन्धका कारण नेपालमा अटोमोबाइल व्यवसाय संकटमा परेको छ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार २१:२८