आइएयूको अन्तर्राष्ट्रिय गोष्ठी ‘द मल्टिमेसेन्जर चक्र अफ ब्लाजार जेट्स’काठमाडौंमा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

आइएयूको अन्तर्राष्ट्रिय गोष्ठी ‘द मल्टिमेसेन्जर चक्र अफ ब्लाजार जेट्स’काठमाडौंमा सुरु



काठमाडौं । आइएयू सिम्पोजियम ३७५, ‘द मल्टिमेसेन्जर चक्र अफ् ब्लाजार जेट्स’ काठमाडौंमा सुरु भएको छ । अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आइएयू)ले पहिलो पटक नेपालमा आयोजना गरेको पाँच दिने अन्तर्राष्ट्रिय गोष्ठी मंसीर १९ २३ सम्म चल्नेछ।

आइएयूएस ३७५ गोष्ठीमा नेपाल, भारत, चीन, संयुक्त राज्य अमेरिका, रुस, जर्मनी र बेलायतलगायत विभिन्न देशका ३० जना आमन्त्रित वक्ता र १०० भन्दा बढी सहभागी छन् । आयोजकका अनुसार अधिकांश सहभागी युरोप र भारत, चिली, जापान, दक्षिण कोरियालगायत बीस भन्दामाथि देशबाट आएका छन् । यस गोष्ठीमा ‘ब्लाजर जेट’सम्बन्धी ८० भन्दा बढी पछिल्ला अनुसन्धानको कार्यपत्र प्रस्तुत हुनेछन् ।

यस गोष्ठी विशेष गरेर ब्रह्माण्डमा भएको चाखलाग्दा उज्यालो बस्तु ‘ब्लाजर जेट’ मा केन्द्रित हुनेछ । तिनीहरू सबैभन्दा उच्च सक्रिय ‘ग्यालेक्टिक न्यूक्ली’ हुन् । अनुसन्धानकर्ताहरुका अनुसार ती शक्तिशाली सापेक्षिक जेटहरूको केन्द्रीय इन्जिनबाट किलोपारसेकसम्म फैलिएका हुन्छन्।

‘गोष्ठीको लक्ष्य सहभागीहरूलाई ब्रिजिङ गर्ने तथा पछिल्लो अनुसन्धानबाट आएका ज्ञानलाई संक्षेपमा प्रस्तुत गर्ने हाम्रो आशा छ,’ आइएयूएस३७५ का संयोजक यानिस लियोडाकिसले भने, ‘गोष्ठीबाट प्राप्त ज्ञानलाई वैज्ञानिक यात्रामा लागू गर्न मद्दत मिल्नेछ ।’

अर्को भनेको खगोलीय विज्ञान विकासोन्मुख देशमा खगोल विज्ञानलाई प्रवर्द्धन गर्नु हुनेछ । ‘इमेजिङ एक्स-रे पोलारिमेट्री एक्सप्लोररको प्रक्षेपणसँगै उच्च-ऊर्जा ध्रुवीकरणको युगको सुरुवात भएको छ,’ लिओडाकिसले भने, ‘गोष्ठीमा हालसम्म हामीले ब्लाजारको बारेमा थाहा पाएका सबै कुरा सम्झन र सिक्नेछौं ।

संयोजक लिओडाकिसले गोष्ठीले हाम्रा वैज्ञानिक समुदायलाई व्यवस्थित गर्न र नयाँ सहकार्य गर्न सहजीकरण हुने बताए । ‘त्यसका अलवा खगोलीय विज्ञानमा समाधान हुन नसकेका प्रमुख खुला प्रश्नहरू समाधान गर्नु रहेको छ,’ उनले भने ।

आमन्त्रित मुख्य वक्ता एन्थोनी रीडहेडले ‘ब्लाजार विज्ञानको अवलोकन’ र खगोल विज्ञानमा चक्रको एक सिंहावलोकनसम्बन्धी भर्चुअल प्रस्तुती दिए। उनले हिन्दू तथा ग्रीक दर्शनमा रहेका चक्र उल्लेख गर्दै ‘ब्लाजर जेट’को त्यस्ता चक्र जस्तै देखिने बताए ।

तथापि, आधुनिक खगोल विज्ञानमा ब्लाजरहरू भनेको अवलोकनकर्ताको दृष्टि नजिक सक्रिय ‘ग्यालेक्टिक न्यूक्ली’ मानिन्छ। विशेष जेट अभिमुखीकरणले अनौठो विशेषताहरू बताउँछ, जस्तोः उच्च अवलोकन गरिएको चमक तथा धेरै द्रुतको भिन्नता, उच्च ध्रुवीकरण, र प्रायजसो ब्लाजरहरूमा जेटहरूको पहिलो केही पार्सेकहरूमा पत्ता लागेको सुपरलुमिनल गतिहरूको जानकारी लिन सकिन्छ ।

अहिले ब्लाजर र तिनीहरूका जेटहरूमा अध्ययन गर्ने उत्तम समय हो । रेडियो, अप्टिकल, एक्स(रेको तेज र गामा रेमा फर्मीको निरन्तर सञ्चालन र गुरुत्वार्कषण तरङका साथै आगामी ठूला-स्तरीय सर्वेक्षणहरूले विभिन्न स्केलहरूमा मल्टिमेसेन्जर उत्सर्जन र ब्लाजारहरूको संरचना अध्ययन गर्नको लागि उच्च चरण तय गरिसकेको उल्लेख छ।

‘आइएयूएस ३७५’ लाई स्थानीय आयोजक नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोद्वारा व्यवस्थापन गरिएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोका कार्यक्रम संयोजकसमेत रहेकी गोष्ठी स्थानीय आयोजक समितिका सदस्य मनिषा द्वाले नेपालमा गोष्ठी पूर्ण रुपमा सफल बनाउन लागि परेको बताइन् ।

द्वाका अनुसार गोष्ठीसँगै ‍र्‍याडएडहोम, विद्यालका विद्यार्थीहरूका लागि खगोल विज्ञान कार्यशाला, कक्षाकोठामा ब्ल्याजर र ‘ब्ल्याक होल’ का बारेमा कसरी सिकाउने भन्ने बारेमा विज्ञान शिक्षक कार्यशाला आयोजना गरिनेछ ।

त्यस्तै, १२ देखि १४ वर्ष उमेर समूहका सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग उपत्यका केही विद्यालय भ्रमण तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार २२:००