दंगल पनि ३ सय करोड क्लबमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दंगल पनि ३ सय करोड क्लबमा



एजेन्सी । लिउडका चर्चित नायक आमिर खानको फिल्म दंगलले ३०० करोड भन्दा बढी कमाउने सिनेमाको सुचिमा आफ्नो नाम लेखाएको छ । यसअघि सन् २०१४ मा पनि अनुष्का शर्मा सँग उनले अभिनय गरेको पिकेले ३ सय करोड क्लब निर्माण गरेको थियो । त्यसपछि सलमान खानको बजरंगी भाइजान (२०१५) र सुल्तान (२०१६)ले ३ सय करोडको लक्ष्य पार गरेका थिए ।

प्रदर्शनमा आएको १३ औं दिनमा नै दंगलले यो रकम संकलन गरेको हो । बलिउडमा ३ सय करोड भन्दा माथिको व्यापारलाई अत्यन्तै राम्रो व्यापार मानिन्छ । दंगल दुई दिनमा ५० करोड, तेश्रो दिनमा १०० करोड, पाँच दिनमा १५०, आठ दिनमा २००, दश दिनमा २५० र १३ दिनमा ३०० करोड कमाएर नयाँ रेकर्ड बनाउने दिशामा अघि बढिरहेको छ ।

प्रकाशित : २१ पुष २०७३, बिहीबार १६:०८