सिद्धार्थ बैंकको १३.१६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकको १३.१६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.१६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार ११:३९