कार्यालय परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

कार्यालय परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालयलाई फोहरको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै सरकारी तथा निजी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला ३५ दिनभित्रै आफैं व्यवस्थापन गर्न आग्रह गरेको हो ।

त्यस्तै महानगरले सफा नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर मैलाले सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको उल्लेख गरेको छ ।

अन्यथा दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी महानगरपालिकाले दिएको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार ११:५०