जीवन बीमा कम्पनीले कमाए बीमा शुल्क बापत ४६ अर्ब १ करोड, कसको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बिशेष

जीवन बीमा कम्पनीले कमाए बीमा शुल्क बापत ४६ अर्ब १ करोड, कसको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चार महिनामा ४६ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको कात्तिक मसान्तसम्म बीमकहरुले १ करोड ३९ लाख ४२ हजार ३ सय ९ वटा बीमालेख विक्री गरी ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ कुल व्यवसाय भित्राएका हुन् ।

प्राधिकरणका अनुसार १९ कम्पनीहरुले कात्तिक महिनामा मात्रै १० लाख ६७ हजार ८ सय ५६ वटा बीमालेखबाट १० अर्ब २३ करोड ४६ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, कम्पनीहरुले चार महिनासम्ममा ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ नविकरण बीमा शुल्कबाट मात्र कमाएका छन् भने नयाँ व्यसाय मार्फत ९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ मात्र आर्जन गरेका छन् ।

कात्तिक मसान्तसम्ममा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । सो अवधिमा कम्पनीले १२ अर्ब ९१ करोड ४६ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले कात्तिक महिनामा मात्रै २ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योेरेन्स कपोरेशनले भने कात्तिक मसान्तसम्ममा ५ अर्ब ७६ करोड ६५ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क अर्जान रहेको छ । कात्तिकमा मात्रै कम्पनीले १ अर्ब २४ करोड ९० लाख ६८ हजार रुपैया संकलन गरेको थियो ।

सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेको तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । कात्तिक मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४९ करोड २ लाख रुपैयाँ शुल्क आर्जन गरेको हो । कम्पनीले कात्तिक महिनामा मात्रै १ अर्ब १० करोड ९८ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सो अवधिमा सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफको भने ५२ करोड ७३ लाख ३२ हजार रुपैयाँ रहेको छ । यो शुल्क कात्तिक महिनासम्मको हो । तर, कात्तिक महिनामा मात्रै कम्पनीले १२ करोड २० लाख ४० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आवको चार महिनामा युनियन लाइफको बीमा शुल्क २ अर्ब ५० करोड १० लाख, एशियन लाइफको २ कराड २७ लाख, सिटिजन लाइफ १ अर्ब ८३ करोड ३ लाख, सूर्या लाइफको १ अर्ब ७१ करोड ८९ लाख, प्राइम लाइफले १ अर्ब ५३ करोड ६४ लाख, मेट लाइफको १ अर्ब ६८ करोड १९ लाख, राष्ट्रिय बीमा संस्थानको १ अर्ब ४८ करोड १३ लाख, सन नेपाल लाइफले १ अर्ब ३४ करोड ८४ लाख, ज्योति लाइफको १ अर्ब १८ करोड ८५ लाख, रिलायबल नेपालको १ अर्ब १४ करोड ३७ लाख, आइएमई लाइफको १ अर्ब १५ करोड १० लाख, रिलायन्स लाइफको १ अर्ब २ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यस्तै कात्तिक मसान्तसम्ममा गुराँस लाइफको बीमा शुल्क ९४ करोड ४३ लाख रुपैयाँ, सानिमा लाइफको ८१ करोड १८ लाख, प्रभु लाइफको ६७ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार १२:४९