मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ।बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गर्दैछ ।

मंसिर २२ गते बिहीबार सार्वजनिक विदा पर्ने भएकाले बुधबारसम्म सेयर खरिद गर्नेहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले पुस ७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाण्डौको राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल ७.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश ९करसहित० छन्।

बोनस सेयर जारी गरेपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सोही सभाले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रयोजनका लागि संयुक्त मर्जर समितिको सिफारिसमा बैंकका सञ्चालक समितिले स्वीकृत गरेको १००ः९० सेयर स्वाप रेसियोसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैरीले विशेष प्रस्तावका रुपमा राखिने इन्भेस्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया सम्बनधमा भएका डीडीए रिपोर्ट, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायत सम्पूर्ण कामकारबाही पनि सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावेजहरु स्वीकृत गर्नेछ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार १३:१४