मोलुङ हाइड्रोपावरले पायो आइपीओ निष्काशन गर्न बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

मोलुङ हाइड्रोपावरले पायो आइपीओ निष्काशन गर्न बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मोलुङलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ ।

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने जनाएको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार १४:०२