नेप्सेमा दोहोरो अंकको गिरावट, डेढ अर्ब माथिको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट, डेढ अर्ब माथिको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.४४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्समा १.४१ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २४६ कम्पनीको ८० लाख ९२ हजार कित्ता शेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबारको तुलनामा आज कारोबार रकम उकालो लागेको छ । मंगलबार ९६ करोड ५२ लाख १० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

बुधबार नेप्सेका १३ वटा उपसमूहमध्ये अधिकांश समुहको परिसूचक राताम्मे भएका छन् । बैकिङ समूहको १७.४२, विकास बैंक ३०.८०, वित्त कम्पनी १९.९९, जलविद्युत १२.३४, जीवन बीमा ८३.६४, उत्पादन तथा प्रशोधन ५५.४९, माइक्रोफाइनान्स ९.८७, निर्जीबन बीमा ३६.८०, अन्य समूहको१०.०६ र ट्रेडिङ समूहको उपसूचक १८.२७ अंकले घटेको छ । यस्तै, आज एउटा मात्र समुहको परिसूचक बढेको छ । जसमा होटल समुहको परिसूचक ०.३४ अंकले बढेको छ ।

शेयर बजार दोहोरो अंकले घट्दा आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.०९ प्रतिशतले बढेर प्रतिकित्ता ४४०.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नाडेप लघुवित्त वित्तीय संस्था, र ग्लोबल आइएमई बैंकको शेयरमूल्यमा गिरावट भएको छ । यसको शेयरमूल्य करिब १० प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंक लिमिटेड प्रोमोटर शेयरको भएको छ । यसको आज ६७ करोड २ लाख ९३ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार १५:३७