ग्लोबल आइएमई बैंकद्धारा निःसहाय सदनलाई सहयोग



काठमाडौं, २२ पुस  । ग्लोबल आइएमई बैंकले आफ्नो १० औ वार्षिकोत्सवको अवसरमा निःसहाय सेवा सदन, शान्तिनगरमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुको साथै कम्बल वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत निःसहाय सेवा सदनमाा आश्रय लिइरहेका ४५ जना वृद्धबृद्धाहरुलाई सहयोग गरेको हो ।

ग्लोबल आइएमई बैंकले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा पनि निःसहाय सेवा सदनलाई आर्थिक सहयोग गरेको थियो । बैंकले १० औँ वार्षिकोत्सवकै अवसरमा पुस १९ गते रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको ग्लोवल आइएमीको दावी छ ।

स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन

ओली सरकारका ७४ उपलब्धी (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा