सनराइज फोकस्ड इक्विटी फण्डले पायो बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सनराइज फोकस्ड इक्विटी फण्डले पायो बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई स्वीकृति दिएको छ । बोर्डले सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनालाई सोमबार स्वीकृति दिएको हो ।

उक्त योजनाको आकार प्रति इकाई मुल्य १० को १२ करोड इकाई गरि जम्मा १ अर्ब २० करोड रुपैयाँको रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।

सनराइज क्यापिटल लिमिटेडले हाल सन्राइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार १६:०९