भगवती हाइड्रोपावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

भगवती हाइड्रोपावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा मंसिर २० गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो।

सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियर रकम थप गरी १४ लाख ३० हजार १६२ कित्ता आईपीओ जारी गर्नेछ। जसअनुसार यो कम्पनीको आईपीओ किन्न प्रतिकित्रा ११६ रुपैयाँ तिर्नुपर्नेछ।

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याउनेछ। आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार १६:१६