माछापुच्छ्रे बैंकको बम्पर अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंकको बम्पर अफर



काठमाडौं, २२ पुस  । माछापुच्छ्रे बैंक लिमिटेड को १८ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । होटल पोखरा ग्राण्ड पाटिमा भएको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताले दिने भनि प्रस्ताव गरेको २० दशमलव ७५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

सभाले २० दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ०९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै बैंकले उक्त बोनस र नगद लाभांशपछि कायम पूँजीको १२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत निर्णय गरेको छ ।

हाल ३ अर्व ८६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैकले जारी गरेको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ५ अर्ब ७९ करोड पुग्नेछ । त्यस्तै वार्षिक साधारण सभाबाट पारित बोनस शेयर जारी पश्चात पूँजी ६ अर्ब ५९ करोड पुग्नेछ । सोही वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत हकप्रद शेयर जारी गरेपछि चुक्तापूँजी ७ अर्ब ३९ करोड पुग्नेछ ।

बैंकले आ।व। २०७३७४ को पहिलो त्रैमास सम्ममा रु। २४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७३ असोज मसान्त सम्ममा रु ५८ अर्व १३ करोड निक्षेप परिचालन गरी रु। ४९ अर्व ८७ करोड कर्जा प्रवाह गरेको छ ।

पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको यस बैकले कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ र आफ्नै ७२ वटा एटिएमबाट ४ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : २२ पुष २०७३, शुक्रबार १३:१०