मौसम सहकारीको ७औँ साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः आचार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मौसम सहकारीको ७औँ साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः आचार्य



काठमाडौं २३ पुस । मौसम बचत तथा ऋण सहकारी संस्थाको सातौँं बार्षिक साधारण सभा  सम्पन्न भएको छ । सस्थाको शनिवार सम्पन्न सभाको राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेल(सु्वास)ले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले सहकारी दिगो आर्थिक विकासको मेरुदण्ड भएको बताए । सहकारी क्षेत्रको दिगो विकासका लागि सदस्यहरु जागरुक हुनुपर्नेमा उनको भनाई थियो ।

अहिले एक दुई सहकारीको बदमासीका कारण सिंगो सहकारी क्षेत्र बदनाम बन्न पुगेकोमा दुख व्यक्त गर्दै सहकारी क्षेत्रमा स्वःनियमन अत्यावश्यक रहेको पौडेलले बताए ।  सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष लक्ष्मण आचार्यले संस्थाको मुख्य उद्देश्य वित्तिय सेवा प्रदान गर्नु र सदस्यहरुलाई सेवाको पहुँच वृद्धि गर्नु रहेको बताए । हाल ५० लाख २० हजार शेयर पुँजी रहेको संस्थाले ४७ लाख ३६ हजार ८ सय ३२ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको सो सभामा जानकारी दिइयो ।

अध्यक्षमा पुनः आचार्य
मौसम बचत तथा ऋण सहकारी संस्थाको  अध्यक्षमा पुनः लक्ष्मण आचार्य निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको सातौँ बार्षिक साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो ।  यस्तै उपाध्यक्षमा जुद्ध बहादुर गुरुङ्ग, सचिवमा दुर्गादक्त शर्मा , कोषाध्यक्षमा  इन्दिरा कुमारी शर्मा र सदस्यहरुमा क्रमशः
नरायण रेग्मी , रेखा शर्मा (सापकोटा) देवि देवकोटा रहेका छन् । यस्तै लेखा समितिको संयोजकमा नारायण प्रकाश श्रेष्ठ, र सदस्यहरुमा क्रमश बिष्णु थापा कृष्ण प्रसाद सुवेदी रहेका छन् ।

प्रकाशित : २३ पुष २०७३, शनिबार ०७:५३