नेशनल नमोबुद्धको लघुवित्त सम्बन्धी एक दिने तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल नमोबुद्धको लघुवित्त सम्बन्धी एक दिने तालिम सम्पन्न



काठमाडौ, २३ पुस  । नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ ।
संस्थाले सञ्चालक समितिका सदस्य देखि आफ्ना शेयर सदस्यलाई लघुवित्तकोबारेमा जानकारी गराउने उदेश्यका साथ सो तालिम सञ्चालन गरेको हो । संस्थाका सञ्चालक राजकुमार लामाले शेयर सदस्यलाई  लघुवित्तकोबारेमा जानकारी दिनका लागि तालिम सञ्चालन गरेको बताए । संस्थाको आर्थिक कारोबारको अवस्थाको बारेमा जानकारी गराउने उदेश्यले ६० जनालाई एक दिने तालिम दिएको उनले जानकारी दिए । तालिममा हरेक सञ्चालक समिति सदस्यले गर्ने जिम्मेवारी र काम कर्तव्यका बारेमा समेत जानकारी गराइएको थियो । तालिममा संस्थाको वर्तमान अवस्था, नयाँ कार्यक्रम लगायतका अन्य विषयमा समेत जानकारी दिईएको थियो ।

छोटो समयमा सफलता हासिल गरेको यस संस्थाले शेयर सदस्यलाई लक्षित गर्दै विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । ऋण परिचालन गरी शेयर सदस्यको जीवनस्तर सुधार गर्दै आएको यस संस्थाले समय –समयमा सामाजिक कार्य समेत गर्दै आएको छ ।

प्रकाशित : २३ पुष २०७३, शनिबार ०६:४१