बातावरणीय जोखिम नियन्त्रण गर्न तत्काल कडा कदम चाल्न विश्व बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बातावरणीय जोखिम नियन्त्रण गर्न तत्काल कडा कदम चाल्न विश्व बैंकको आग्रह



काठमाडौं । विश्व बैंकले दक्षिण एसियामा वढ्दो बातावरणीय जोखिम नियन्त्रण गर्न तत्काल कडा कदम आवश्यक रहेको औल्याएको छ । विश्वका उच्च प्रदुशित दश शहरहरुमध्ये ९ सहर दक्षिण एसियामै रहेको र यसकै कारण ठूलो मानवीय र आर्थिक मूल्य चुकाउनु परिरहेको भन्दै सचेत हुन विश्व वैंकले आह्वान गरेको हो ।

बर्सेनी २० लाख जनताले प्रदुशणकै कारण अकाल मृत्युवरण गरिरहेको भन्दै प्रदुशण नियन्त्रणका लागि आर्थिक हिसावले सम्भाव्य रहेको भन्दै सो क्षेत्रका मुलुकहरुले पारस्परिक सहकार्य गर्दै लगानी र नीतिगत व्यवस्थापन गर्नु आवश्यक रहेको विश्व बैंकको भनाइ छ ।

दक्षिण एसियाका कतिपय उच्च जनघनत्वयुक्त र गरिव बसोबासको सहरी क्षेत्रमा विश्व स्वास्थ्य मापदण्डले निर्धारण गरेको भन्दा २० गुणा बढी प्रदुषण बढी पाइएको भन्दै यसले आर्थिक क्षतिहरु पनि भयावह रुपमा बढाइरहेका उसले बताएको छ ।


दक्षिण एसियामा वतावारणीय प्रदुसण र जनस्वास्थ विषयमा गरेको अध्ययन सार्वजनिक गर्दै ठूलो समूहले स्वास्थ उपचार खर्च बढी गर्नु परिरहेको र व्यक्तिको उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पारिरहेकोले यसमा संवेदनशील हुन विश्व बैंकले आग्रह गरेको हो ।

ठूला उद्योग, सवारी साधान ऊर्जाकेन्द्र नै प्रदुसणको विश्व व्यापी कारण रहेपनि दक्षिण एसियामा खाना पकाउने दाउरा गुइठाजस्ता बस्तु इँटा भट्टा फोहोर जलाउनेकाम जस्ता अतिरिक्त कारक रहेको अध्ययनमा उल्लेख छ ।

त्यसो त दक्षिण एसियाली मुलुकमा प्रदुशण नियन्त्रणका नीति नभएका पनि भए पनि त्यसअनुसारका सार्थक प्रयास नहुँदा समस्या बढ्दो छ । दक्षिण एसियाली मुलुकहरुमा विद्यमान नीतिगत व्यवस्थाले वातावरणीय प्रदुषण नियन्त्रणमा राख्ने लक्ष्य प्राप्त नहुने प्रतिवेदनले देखाएको छ ।

विश्व बैंकले संयोजित र चरणवद्ध कार्यक्रम तय गर्ने हो भने करिव २७ करोड अमेरिकी डलर लागतले वातावरणीय प्रदुशण समग्र क्षेत्रमा १ माइक्रोग्राम प्रतिघनमिटर घटाउन सकिने आँकलन प्रसुत गरेको छ ।

यहि दरको लागतले ३० माइक्रोग्राम प्रतिघनमिटर सम्ममा झार्न सकिने उल्लेख छ । यसवाट वार्षिक ७५ हजार मृत्यु रोक्न सकिने उल्लेख छ । यसका लागि तीन चरणका नीतिगत तथा कार्यक्रममा सहकार्य गर्ने विधि पनि सुझाइएको छ ।

काठमाडौं । विश्व बैंकले दक्षिण एसियामा वढ्दो बातावरणीय जोखिम नियन्त्रण गर्न तत्काल कडा कदम आवश्यक रहेको औल्याएको छ । विश्वका उच्च प्रदुशित दश शहरहरुमध्ये ९ सहर दक्षिण एसियामै रहेको र यसकै कारण ठूलो मानवीय र आर्थिक मूल्य चुकाउनु परिरहेको भन्दै सचेत हुन विश्व वैंकले आह्वान गरेको हो ।

वर्सेनी २० लाख जनताले प्रदुशणकै कारण अकाल मृत्युवरण गरिरहेको भन्दै प्रदुशण नियन्त्रणका लागि आर्थिक हिसावले सम्भाव्य रहेको भन्दै सो क्षेत्रका मुलुकहरुले पारस्परिक सहकार्य गर्दै लगानी र नीतिगत व्यवस्थापन गर्नु आवश्यक रहेको विश्व बैंकको भनाइ छ ।

दक्षिण एसियाका कतिपय उच्च जनघनत्वयुक्त र गरिव बसोबासको सहरी क्षेत्रमा विश्व स्वास्थ्य मापदण्डले निर्धारण गरेको भन्दा २० गुणा बढी प्रदुषण बढी पाइएको भन्दै यसले आर्थिक क्षतिहरु पनि भयावह रुपमा बढाइरहेका उसले बताएको छ ।
दक्षिण एसियामा वतावारणीय प्रदुसण र जनस्वास्थ विषयमा गरेको अध्ययन सार्वजनिक गर्दै ठूलो समूहले स्वास्थ उपचार खर्च बढी गर्नु परिरहेको र व्यक्तिको उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पारिरहेकोले यसमा संवेदनशील हुन विश्व बैंकले आग्रह गरेको हो ।

ठूला उद्योग, सवारी साधान ऊर्जाकेन्द्र नै प्रदुसणको विश्व व्यापी कारण रहेपनि दक्षिण एसियामा खाना पकाउने दाउरा गुइठाजस्ता बस्तु इँटा भट्टा फोहोर जलाउनेकाम जस्ता अतिरिक्त कारक रहेको अध्ययनमा उल्लेख छ ।

त्यसो त दक्षिण एसियाली मुलुकमा प्रदुशण नियन्त्रणका नीति नभएका पनि भए पनि त्यसअनुसारका सार्थक प्रयास नहुँदा समस्या बढ्दो छ । दक्षिण एसियाली मुलुकहरुमा विद्यमान नीतिगत व्यवस्थाले वातावरणीय प्रदुषण नियन्त्रणमा राख्ने लक्ष्य प्राप्त नहुने प्रतिवेदनले देखाएको छ ।

विश्व बैंकले संयोजित र चरणवद्ध कार्यक्रम तय गर्ने हो भने करिव २७ करोड अमेरिकी डलर लागतले वातावरणीय प्रदुशण समग्र क्षेत्रमा १ माइक्रोग्राम प्रतिघनमिटर घटाउन सकिने आँकलन प्रसुत गरेको छ ।

यहि दरको लागतले ३० माइक्रोग्राम प्रतिघनमिटर सम्ममा झार्न सकिने उल्लेख छ । यसवाट वार्षिक ७५ हजार मृत्यु रोक्न सकिने उल्लेख छ । यसका लागि तीन चरणका नीतिगत तथा कार्यक्रममा सहकार्य गर्ने विधि पनि सुझाइएको छ ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार १४:३६