पुँजी बजारका समस्या हल गर्न अर्थ समिति सकारात्मक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुँजी बजारका समस्या हल गर्न अर्थ समिति सकारात्मक



काठमाडौँ २३ पुस । व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुँजी बजारका समस्या समाधान गर्न अर्थ समिति सकारात्मक रहेको बताएका छन् ।

नेपाल सेयर ब्रोकर एसोसिएसनको २२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले पुँजी बजारसँग सम्बन्धित विषय लगानी, प्रवद्र्धन र सुरक्षणमा व्यवसायीलाई सघाइने बताए । उनले सरकार सरोकार भएका निकाय र पुँजी बजारसँग सम्बन्धित सबैलाई राखेर छलफल गरी समस्याको समाधान गर्न समिति तत्पर छ भने ।

एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको सभापतित्वमा भएको उद्घाटन सत्रमा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्रा पुण्यप्रसाद रेग्मी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलगायतले बजारको स्थायित्व र आर्थिक विकास सबैको चासोको विषय भएकाले सम्बद्ध पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : २३ पुष २०७३, शनिबार ०७:०५