निजी क्षेत्रले नदीनालामा लगानी गरी ऊर्जा संकटलाई समाप्त गर्न सहयोग गर्नुपर्छःउर्जा मन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निजी क्षेत्रले नदीनालामा लगानी गरी ऊर्जा संकटलाई समाप्त गर्न सहयोग गर्नुपर्छःउर्जा मन्त्री



पर्सा  २३ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघद्वारा शनिबार आयोजित व्यापारीसँगको अन्तरक्रियामा उनले जलविद्युतको विकास भएमात्र देशको आर्थिक विकास हुने बताए । उनले वर्तमान सरकारले नेपालको पानी जनताको लगानी अभियान अघि सारेकाले नेपालको नदीनालामा निजी क्षेत्रले लगानी गरी ऊर्जा संकटलाई समाप्त पार्नुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले देश संघियतामा गइसकेकाले अब देशको आर्थिक विकास र समृद्धिका लागि बढी भन्दा बढी जलविद्युतको उपयोग गर्नुपर्ने धारणा राखे ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको सो कार्यक्रममा यहाँका व्यापारीहरुले वीरगन्जले खेप्दै आएको ऊर्जा संकटको अन्त्य गर्न माग गरेका थिए ।

प्रकाशित : २३ पुष २०७३, शनिबार ०९:४०