स्टक ब्रोकर्स एसोसिएसनमा पुनः प्रियराज रेग्मी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्टक ब्रोकर्स एसोसिएसनमा पुनः प्रियराज रेग्मी



काठमाडौं  २३ पुस । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः प्रियराज रेग्मी छानिएका छन् । संघको शनिबार सम्पन्न साधारण सभाले रेग्मीको अध्यक्षतामा १० सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

रेग्मी यसअघि पनि एसोसिएसनको अध्यक्ष थिए । कार्य समितिको उपाध्यक्षमा भरत रानाभाट, महासचिव सन्तोष मैनाली, सचिवमा टंकप्रसाद गौतम र कोषाध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् । यसैगरी, समितिका सदस्यहरुमा राजकुमार तिमिल्सिना, बिनोद ढकाल, रमणदेव पन्त, सन्तोष पौडेल र संजिला अर्याल निर्वाचित रहेका छन् । साधारण सभाले अर्थिक वर्ष २०७२÷०७३ को अध्यक्षको प्रतिवेदन, संघको वासलात सहितको आयव्यय विवरण पनि सर्वसम्मतिले पारित गरेको छ । कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रकाशित : २३ पुष २०७३, शनिबार १४:२९