आईपीओमा करोडौ घोटाला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईपीओमा करोडौ घोटाला



काठमाडौं, २४  पुस  । हरेक महिनाजसो २/४ कम्पनीको आईपीओ/एफपीओ निष्काशन भैरहेको छ । त्यसमा ५० हजारभन्दा माथिको आवेदन दिने व्यक्तिले चेक क्लियरिङ शुल्क भनेर छुट्टै रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

आईपीओ निष्काशन गर्दा कतिपय संकलन केन्द्रहरुमा नगद बुझ्न नपाउने गरी चेकसहित मात्रै आवेदन दिने व्यवस्था गरिएको हुन्छ । त्यसरी आवेदन दिदाँ फारमसहित चेक क्लिएरिङ शुल्क भनेर छुट्टै रकम लिने गरिएको छ । संकलन केन्द्रले त्यसरी लिएको नगद रकमको कुनै बिलसमेत दिँदैन ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले २ लाख रुपैयाँभन्दा माथिको शेयर राफसाफ गराउँदा मात्र शुल्क लिन पाउने व्यवस्था गरेको छ । तर, कतिपय संकलन केन्द्रहरुले सबै चेकको क्लियरिङमा पैसा लाग्ने भन्दै रकम एउटै आईपीओमा करोडौं हुने बताइएको छ । केही समयअघि अपी र बरुण हाइड्रोको आईपीओमा यस्तै गरेको गुनासो आएको थियो ।

नियमानुसार २ लाखभन्दा माथिको चेक राफसाफमा मात्र शुल्क लिन पाउने र सोको बिल दिनुपर्ने भए पनि संकलन केन्द्रहरु २ लाखभन्दा कम रकमको चेकको क्लियरङ शुल्क भन्दै रकम उठाउने गरेका छन् ।

यसरी उठाएको रकमको अंक करोडौं हुने देखिन्छ । हुन त २ लाख माथिको चेक क्लियरिङमा पनि कति रकम दिने भन्ने कुनै निश्चित मापदण्ड छैन । आजको सेयर बजार साप्ताहिकबाट

प्रकाशित : २४ पुष २०७३, आईतवार ०४:४६