संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत पाएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए । आजको संसदीय दलको निर्वाचनका लागि देउवा र थापाले मंगलबार उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित : ६ पुष २०७९, बुधबार ११:५०