काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने सरकारकाे सपना पुरा हाेला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने सरकारकाे सपना पुरा हाेला ?



काठमाडाै २४ पुस ।  लगानी बोर्डको आइतबार बसेको बैठकले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालन गर्न राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा समिति गठन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बोर्ड बैठकमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा मेट्रोरेल विकास गर्न भायविलिटी ग्याप फन्डिङ (भीजीएफ) को पनि समितिले अध्ययन गर्ने निर्णय भएको छ । यो समितिमा लगानी बोर्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधि सदस्य रहनेछन् ।

बैठकले लगानी बोर्डले तयार पारेको प्रोजेक्ट बैंक तथा प्रोजेक्ट आइडिया नोटमा समावेश भएका एक सय २२ वटा परियोजनाका सम्बन्धमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अन्तिम रुप दिएर सार्वजनिक गर्ने निर्णय भएको लगानी बोर्डले जानकारी दिएको छ । माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि समय थप्ने निर्णय बैठकले गरेको छ । जस अनुसार माथिल्लो कर्णालीको आगामी सेप्टेम्बर १८ सम्म र अरुणको सेप्टेम्बर ३० सम्म म्याद थपिनेछ । त्यस समयभित्र वित्तीय व्यवस्थापन गरिसक्न निर्देशन दिइने भएको छ ।

बोर्ड बैंठकले तामाकोशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालय र लगानी बोर्डले गृहकार्य अघि बढाउने निर्णय गरेको छ । प्रधामन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जा मन्त्री जनार्दन शर्मा, स्थानीय विकास तथा संघीय मामिला मन्त्री हितराज पाण्डे, उद्योगमन्त्री नवीन्द्रराज जोशी, वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी सहभागी थिए । यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, मुख्य सचिव सोमलाल सुवेदी, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललगायतका अधिकारी पनि बैठकमा सहभागी थिए ।

प्रकाशित : २४ पुष २०७३, आईतवार १०:४५