काजु खानुस डिप्रेसन भगाउनुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

काजु खानुस डिप्रेसन भगाउनुहोस्



आधुनिक जीवनमा तनावको समस्या जताततै देख्न सकिन्छ । तनाव विभिन्न कारणले हुन सक्छन् । यसका समाधानका उपाय पनि छन् । यस्तो अवस्थामा काजुको नियमित सेवनले पनि तनाव कम गर्न सकिन्छ । यो भिटामिन बी को समृद्ध स्रोत हो, जसले शरीरको क्षमता बढाउँछ । काजुलाई मुड बनाउने खाद्यपदार्थ पनि भनिन्छ ।

किन हुन्छ डिप्रेसन ?
कुनै पनि काममा मन नलाग्नु, अरुची,कुनै पनि कुराले खुशी नहुनु र दुःखको अनुभूति पनि नहुनु डिप्रेसनको लक्षण हो । डिप्रेसन मानसिक स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसको अवसर स्वास्थ्यमा पर्छ । यस्तो अवस्थामा व्यक्तिको मनमा अनौठा विचार आउछन् । कुनै पनि कुराले हडबडाउने गर्छन्। डिप्रेसन र डाइबिटिज रोगबाट पीडित मानिसमा मुटु रोग, अन्धोपन र मष्तिष्कसंग सम्बन्धी रोग हुने सम्भावना हुन्छ ।

काजुले हटाउँछ डिप्रेसन
काजुको सेवन प्राकृतिक रुपले डिप्रेसनको उपचार हो । काजुमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको स्तर बढाउँन मद्धत गर्छ । सेरोटोनिनलाई खुशी राख्ने रसायन भनिन्छ । यसका अलावा यो प्रोटीनको पनि राम्रो स्रोत हो । यसमा पाइने कपरले शरीरमा इन्जायमको गतिविधि, हार्मोनको उत्पादन, मष्तिष्कको कार्यमा मद्धत गर्छ । काजुमा एकप्रकारको तेल हुन्छ, यो भिटामिन बीको राम्रो स्रोत हो । यहीकारण यसलाई तत्काल शक्तिदायक खाद्यपदार्थ मानिन्छ । खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ । स्वास्थ्यखबर पत्रिकाले छापेको छ ।

काजुका अन्य फाइदा
काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । यो कोलेस्टेरोलरहित हुन्छ । छालाका लागि पनि काजुलाई दूधमा रगडेर लगाउनाले सुन्दर र नरम हुन्छ । काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ । यसमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ । काजुमा एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन पनि पाइन्छ, जसले क्यान्सरबाट बचाउँछ । यसमा हुने जिंकले संक्रमणविरुद्ध लड्न मद्धत गर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित : २४ पुष २०७३, आईतवार ११:१०