कस्ता–कस्ता उपहार लिनु उचित र कस्ता लिनु अनुचित हुन्छ ?



जो कोही पनि उपहार पाएमा खुशी हुन्छौ । तर, के कहिल्यै सोच्नु भएको छ, उपहार दिनेवालाको नियत कस्तो छ भन्ने ? किनकी उपहार दिनेको नियतमा खराबी छ भने तपाईको खुशीमा ग्रहण लाग्न सक्छ ।

त्यसैले, यस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ, कस्ता–कस्ता उपहार लिनु उचित र कस्ता लिनु अनुचित हुन्छ ? जान्नुहोस्, वास्तुशास्त्र अनुसार कुन–कुन चिज उपहारको रुपमा नलिने ।

1. हिंस्रक जनावर जस्तै सिंह, बाघ, चितुवा आदिको मूर्ति उपहारको रुपमा कहिल्यै नलिनुस्।
2. डुबिरहेको जहाजको मूर्ति वा तस्विर उपहारमा पाउनु वा घरमा राख्नु पनि अशुभ मानिन्छ । यसबाट आर्थिक नोक्सान हुन्छ ।
3.चक्कु, छुरी जस्ता औजार न कसैलाई उपहार दिन हुन्छ न त लिन नै । कसैबाट पाइहाले घरमा राख्न शुभ मानिँदैन । परिवारका सदस्यबीच कलह उत्पन्न हुन्छ ।
4. कालो रंगको वस्त्र कसैलाई पनि उपहार नदिउ । यसलाई दुःख, कष्ट र पिडाको प्रतिक मान्छि । त्यस्तै, विवाह भएको एक बर्षसम्म कालो रंगको कपडा लगाउँन पनि अशुभ हुन्छ ।
5.जुत्तालाई उपहारमा दिन वा लिन हुँदैन । वस्तुशास्त्रमा यसलाई विछोडको प्रतिक मानिएको छ ।
6.रुमाल दुखको प्रतिक हो । रुमाल उपहार आएमा जीवनमा दुःख प्रवेश गर्छ भन्ने विश्वास गरिन्छ ।
7.धेरै जसोले उपहारमा घडी दिने गरेको देखिन्छ । तर, घडी उपहारको रुपमा आएमा जीवनमा प्रगतिलाई रोक्नु मानिन्छ । तर सबै अवस्थामा यी उपहारले अशुभ भने गर्दैन। जीवनमा प्रत्यक्ष उपयोग हुने र लाभ लिन सकिने वस्तु उपहारको रुपमा लिदाँ वा दिँदा दिने र लिने दुवै खुसी हुन्छन्।

प्रतिक्रिया दिनुहोस
शेयर बजार फेरि उकालो यात्रामा

काठमाडाै । शेयर बजार फेरि उकालो लाग्न थालेको छ । नेपाल स्टक एक्सचेञ्जका

राष्ट्रपतिद्धारा फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट

पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर