ब्राइट बचत तथा ऋण सहकारीको १७औँ बार्षिक साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ब्राइट बचत तथा ऋण सहकारीको १७औँ बार्षिक साधारणसभा सम्पन्न



काठमाडौ २५ पुस । ब्राइट बचत तथा ऋण सहकारी संस्थाको  १७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शनिवार सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष रामइन्द्र न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए  । सहकारी मुल्य मान्यता र सिद्धान्तमा आधारित भएर सम्मान उद्देश्य लिई सञ्चालित एक वा सो भन्दा बढी सस्थाहरुबीच मर्जर गर्न सम्भाव्यता अध्ययन गरि प्रकृया अगाडी बढाउने अध्यक्ष न्यौपानेले समामा जानकारी गराए । उनले संस्था र सदस्यहरुलाई  समय अनुकुल प्रतिस्पर्धी बनाउन  आफु सदैव प्रयत्नशिल रहने बताए ।

सभामा  कार्यक्रम बजेट तथा व्यवस्थापकीय प्रतिवेदन प्रस्तुत गर्दै सचिव तथा सस्थाका प्रबन्ध सञ्चालक लक्ष्मण न्यौपानेले  सहकारीका सञ्चालकहरुलाई सहकारीप्रती सचेतना विकास गराउने र  विभिन्न रचनात्मक कार्यमा संलग्न गराउने तर्फ लाग्ने प्रतिबद्धता जनाए । उनले संस्थालाई विभिन्न तरिकाबाट समाजिक उत्तरदायित्वका काममा आगानी दिनमा संलग्न गराउने समेत सभामा जानकारी गराए । बागबजारका कार्यलय रहेको ब्राइट बचत तथा ऋण सहकारीले  बचत परिचालन गरेर सदस्यहरुको आर्थिक क्रियाकलापलाई मजबुद बनाउने र समाजमा आफुलाई अब्बल रुपमा उभ्याउन सफल समेत भएको छ ।

प्रकाशित : २५ पुष २०७३, सोमबार ०५:०१