भिबोर सोसाइटी बैंकको लालबन्दी शाखा स्थानान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिबोर सोसाइटी बैंकको लालबन्दी शाखा स्थानान्तरण



सर्लाही २५ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहकवर्गमा सरल, सहज र अधिक पहुँचको दृष्टिले शाखालाई लालबन्दीको पुरानो क्षेत्रबाट सोही वडाको करिब ५ सय मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ ।

महाभूकम्पका कारण उक्त कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो ।शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष सुशिलराज पराजुलीले गरे ।

उक्त अवसरमा अध्यक्षले उद्घाटन मन्तव्यका क्रममा लालबन्दीबासीसँग बैंकको सुरुवातदेखि नै गहिरो पारस्परिक सम्वन्ध रहेको स्मरण गराए ।

प्रकाशित : २५ पुष २०७३, सोमबार ०५:२६