‘क’ वर्गमा सुचिकृत हुन चाहने संस्थाका लागि यस्ता छन् मापदण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘क’ वर्गमा सुचिकृत हुन चाहने संस्थाका लागि यस्ता छन् मापदण्ड



काठमाडौं २५ पुस । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)ले संगठित संस्थालाई नेप्सेमा सुचिकृति हुन आग्रह गरेको छ । नेप्सेले ‘क’ वर्गमा सुचिकृत हुन चाहने संस्थाका लागि नयाँ मापदण्ड समेत तय गरेको छ ।

नेप्सेका अनुसार क वर्गमा सुचिकृत हुन चाहने संस्थाले माघ १० गतेसम्म मापदण्ड पुरा गरी आवेदन दिनुपर्ने छ । जस अनुसार चुक्ता पूँजीमा साधारण सेयर २ करोड रुपैयाँ बरावर हुनुपर्ने, साधारण सेयर धनीको संख्या १ हजार जना हुनुपर्ने, ३ वर्षदेखि लगातार मुनाफा आर्जन गरेको हुनुपर्ने छ ।

यसैगरी, सार्वजनिक रुपमा सेयर जारी गरेको, सेयरको कितावी मूल्य चुक्ता मूल्य कम नभएको र आर्थिक वर्ष पुरा भएको ६ महिनाभित्रै सम्पूर्ण आर्थिक विवरण नेप्सेमा बुझाएको हुनुपर्ने छ ।

नेप्सेका अनुसार सम्पूर्ण सेयर धनीको डिजिटल कपि, तथा ३ आर्थिक वर्षको वित्तीय विवरण समेत बुझाउनुपर्ने छ ।

प्रकाशित : २५ पुष २०७३, सोमबार ०७:५६